दफा ३९
क्षतिपूर्ति सम्बन्धी व्यवस्था
(१) दफा ३६, ३७, र ३८ बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले दिनु पर्ने क्षतिपूर्ति त्यस्तो काम भए गरेको मितिले पन्ध्र दिनभित्र निर्धारण गरी सम्बन्धित व्यक्तिलाई सूचना दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दिइने क्षतिपूर्तिको रकम उचित र मनासिब हुनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम निर्धारण गरिएको क्षतिपूर्तिको रकममा चित्त नबुझ्ने व्यक्तिले कारण सहित खुलाई तत्सम्बन्धी सूचना पाएको मितिले पन्ध्र दिनभित्र प्राधिकरण समक्ष निवेदन दिन सक्नेछ । त्यस्तो निवेदनमा प्राधिकरणबाट भएको निर्णय अन्तिम हुनेछ ।